२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६५ लाख ६२ हजार संक्रमित, ३ लाख ८६ हजारको मृत्यु


बिर्तामोड, जेठ २२ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७८४ पुगेको छ । हालसम्म ६५ लाख ६२ हजार ४८१ जनामा कोभिड १९ पुष्टि भएको छ । ३१ लाख ६१ हजार २६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख २१ हजार १९९ जनामा देखिएको छ भने ४ हजार ९२५ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा २७ हजार ३१२ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा २० हजार ४९७, भारतमा ९ हजार ६३३, रसियामा ८ हजार ५३६, चिलीमा ४ हजार ९४२, पेरुमा ४ हजार ३०, मेक्सिकोमा ३ हजार ८९१, पाकिस्तानमा ४ हजार ६५, कतारमा १ हजार ९०१, इरानमा ३ हजार १३४, स्विडेनमा २ हजार २१४, बेलायतमा १ हजार ८७१, बंगलादेशमा २ हजार ६९५, साउदी अरेबियामा २ हजार १७१, दक्षिण अफ्रिकामा १ हजार ७१३, कोलम्बियामा १ हजार ५२१ र इजिप्टमा १ हजार ७९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १९ लाख १ हजार ७०२ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ५ लाख ८३ हजार ९८०, रसियामा ४ लाख ३२ हजार २७७, स्पेनमा २ लाख ८७ हजार २०६, बेलायतमा २ लाख ७९ हजार ८५६, इटलीमा २ लाख ३३ हजार ८३६, जर्मनीमा १ लाख ८४ हजार ४२५, पेरुमा १ लाख ७८ हजार ९१४, टर्कीमा १ लाख ६६ हजार ४२२, इरानमा १ लाख ६० हजार ६९६, फ्रान्समा १ लाख ५१ हजार ६७७ र चिलीमा १ लाख १३ हजार ६२८ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ९ हजार १४० पुगेको छ । बेलायतमा ३९ हजार ७२८, इटलीमा ३३ हजार ६०१, ब्राजिलमा ३२ हजार ५४७, फ्रान्समा २९ हजार २१, स्पेनमा २७ हजार १२८, मेक्सिकोमा १० हजार ६३७, बेल्जियममा ९ हजार ५२२, जर्मनीमा ८ हजार ६९९, इरानमा ८ हजार १२, क्यानाडामा ७ हजार ४९८, नेदरल्यान्ड्समा ५ हजार ९७७, रसियामा ५ हजार २१५, पेरुमा ४ हजार ८९४ र टर्कीमा ४ हजार ६०९ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ संक्रमित देखिएका छैनन् । त्यहाँ संक्रमित ८३ हजार २१ जना छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा सातौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म २ लाख १६ हजार ८२४ जना संक्रमित पुष्टि भएको छ । ६ हजार ८८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २५९ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । एक महिनाअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८९ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ११ प्रतिशतमा झरेको छ ।

एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । तीन दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । पछिल्लो ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको छ । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer