२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कालोपत्रे बनाउन जगत मार्गको शिलान्यास


बन्न लागेको सडक (रातो बिन्दु र रेखामा) ।

बिर्तामोड, जेठ २२ । बिर्तामोड वडा नम्बर १ मा रहेको जगत मार्ग कालोपत्रे हुने भएको छ । बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर वरपीपलचोकसम्म एक हजार १५० मिटर कालोपत्रे हुने भएको हो ।

आज बिहीबार एक कार्यक्रमका बीच बिर्तामोड नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले सडक निर्माण कार्यको शिलान्यास गरिन् । वडा अध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख प्रसाईंले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइन् ।

त्यस्तै, आजै अतिथि सदनबाट पश्चिम र लोकतान्त्रिक मार्गबाट पञ्चकन्या धर्मकाँटासम्मको बाटोको पनि शिलान्यास गरिएको छ । अतिथि सदनबाट पश्चिमको ५५० मिटर दूरीको बाटोमा भने पेवर्स बिछ्याइने वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।

कार्यक्रममा नेकपा बिर्तामाड नगर सहइन्चार्ज हरिप्रसाद ओझा, कांग्रेस वडा सभापति नगेन्द्र बस्नेत, राप्रपा वडा उपाध्यक्ष सन्तोष कडरियालगायतले शुभकामना राख्दै गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई आग्रह गरे ।

मंसिर मसान्तमा बनाइसक्नु पर्ने सो बाटोको बाटो निर्माणको जिम्मा बिर्तामाड ५ को सरोज निर्माण सेवाले पाएको छ । सो कम्पनीका सञ्चालक भीमचन्द्र भट्टराई हुन् । कार्यक्रमा उनले स्टमेटअनुसार गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए ।

कामको अनुगमन गर्न र सो निर्माणसँग सम्बन्धित समस्या आए सामधान गर्न ११ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । जसको संयोजकमा हरिप्रसाद ओझा छन् भने सदस्यहरु हाइकुमार राई (प्रकाश), त्रिलोचन प्रसाईं, नगेन्द्र बस्नेत, प्रकाश खतिवडा, सन्तोष कडरिया, कुलप्रसाद खरेल, राजेन्द्र बस्नेत, राजु बस्नेत, देवकला बराल (बिष्ट) र अर्जुन साउदेन छन् ।

त्यस्तै, कानुनी सल्लाहकारमा राजेन्द्र खनाल र कोपिला बस्नेत छन् । कार्यक्रम को सञ्चालन वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer