२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका थप ७ जना कोरोना संक्रमित निको भए


बिर्तामोड, जेठ २२ । कोरोनामुक्त भएर बिहीबार झापाका ७ पुरुष अस्पतालबाट घर फर्किएका छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

त्यस्तै, प्रदेश १ मा आजै अन्य २३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । २७ जना कोसी र तीनजना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निको भएर घर फर्किनेहरु मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष, उदयपुरका एक महिला र दुई पुरुष तथा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मीसमेत छन् ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार बताइन् प्रदेश १ मा संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ । झापामा निको हुनेको संख्या २६ पुगेको छ ।

यसैबीच, संक्रमितको उपचारका लागि सुन्दरहरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा समेत कोरोना भाइरसको संक्रमितको उपचार सेवा सुरु गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । प्रदेश १ को कोसीमा ७०, गोठगाउँमा १३५ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय गरी ४०५ शैय्याका कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer