२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजले दियो ४०० भिटिएम किट


किट ग्रहण गर्दै अर्जुनधाराका प्रमुखलगायत ।

बिर्तामोड, जेठ २३ । अन्तर्राष्ट्रिय झापाली समाजले आज शुक्रबार झापाका चार स्थानीय तहलाई कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ ।

समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकालाई एकएक सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको हो ।

समाजले झापाका १५ वटै स्थानीय तहलाई एकएक सय किट उपलब्ध गराउने समाजका उपाध्यक्ष पोखरेलले जानकारी दिए । किट प्राप्त गरेपछि कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल, बिर्तामोडकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, हल्दिबारीका अध्यक्ष रविन्द्र लिङदेन र अर्जुनधाराका प्रमुख हरिकुमार राना मगरले समाजको सहयोगप्रति आभार व्यक्त गरे ।

किट वितरण कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत, झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओली, रोटरी क्लब अफ सुरुङ्गाका उपाध्यक्ष शिव कडेल, वीरता जेसिजका अध्यक्ष मिजास पोखरेल, महासचिव विकास बस्नेतलगायतको सहभागिता रहेको थियो ।

समाजका उपाध्यक्ष पोखरेलले किट वितरण गरिएका स्थानीय तहमा अन्य खालका समस्या भए समाजले सहयोग गर्ने प्रतिबद्धता जनाए । कोरोनाको महामारीको समयमा आफ्नो जिल्लामा समाजले राष्ट्रिय कार्यसमितिहरूसँग समन्वय गर्दै राहत कार्यको सुरूवात गरेको पोखरेलले बताए ।

‘एकका लागि एक’ अभियानअन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोनाको परीक्षण गर्ने ल्याबका लागि पनि समाजले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । समाजले यसअघि बाढीपीडित झापालीको ९ वटा घर बनाइदिएको थियो । त्यस्तै, तीनवटा एम्बुलेन्स सञ्चालन गरी जिल्लाबासीको सुखदुःखमा समाज जोडिएको छ । समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो ।

भाइरल रोगको परीक्षणका लागि लिइने र्या लको नमुना भण्डारण गर्न भिटिएम किट प्रयोग गरिन्छ । १५ एमएल क्षमता हुने प्लास्टिकको भिटिएम ट्युबमा र्याण्ल संकलन गरी प्रयोगशालासम्म पुर्या उन सकिनेछ । संकलन गरिएको नमुनालाई ४८ घण्टाभित्र चिसो तामक्रममा राखेर प्रयोगशालामा लैजानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer