२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप १२ जनामा कोरोना


बिर्तामोड, जेठ २३ । झापामा आज शुक्रबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या १३५ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना र गौरीगञ्ज क्वरेन्टिनका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान र विराटनगरको प्रयोगशाला गरिएको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । कचनकवल गाउँपालिकामा मात्रै अहिलेसम्म ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ । हालसम्म देशका ६८ जिल्लामा कोरोना फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer