२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६८ लाख ३९ हजार संक्रमित, ३ लाख ९७ हजारको मृत्यु


बिर्तामोड, जेठ २४ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ४४१ पुगेको छ । हालसम्म ६८ लाख ३९ हजार २४४ जनामा कोभिड १९ पुष्टि भएको छ । ३३ लाख २९ हजार ६९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख ३० हजार २८६ जनामा देखिएको छ भने ४ हजार ९०१ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार १३६ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा २५ हजार २३६, भारतमा ९ हजार ४७१, रसियामा ८ हजार ७२६, चिलीमा ४ हजार २०७, पेरुमा ४ हजार २०२, मेक्सिकोमा ४ हजार ४४२, पाकिस्तानमा ३ हजार ९८५, कतारमा १ हजार ७५४, इरानमा २ हजार ८८६, स्विडेनमा १ हजार ५६, बेलायतमा १ हजार ६५०, बंगलादेशमा २ हजार ८२८, साउदी अरेबियामा २ हजार ५९१, दक्षिण अफ्रिकामा २ हजार ६४२, कोलम्बियामा १ हजार ५१५ र इजिप्टमा १ हजार ३४८ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १९ लाख ६५ हजार ५५१ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ६ लाख ४६ हजार ६, रसियामा ४ लाख ४९ हजार ८३४, स्पेनमा २ लाख ८८ हजार ५८, बेलायतमा २ लाख ८३ हजार ३११, इटलीमा २ लाख ३४ हजार ५३१, पेरुमा १ लाख ८७ हजार ४००, जर्मनीमा १ लाख ८५ हजार ४१४, टर्कीमा १ लाख ६८ हजार ३४०, इरानमा १ लाख ६७ हजार १५६, फ्रान्समा १ लाख ५३ हजार ५५, चिलीमा १ लाख २२ हजार ४९९ र मेक्सिकोमा १ लाख ५ हजार ६८० जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ११ हजार ३८५ पुगेको छ । बेलायतमा ४० हजार २६१, इटलीमा ३३ हजार ७७४, ब्राजिलमा ३५ हजार ४७, फ्रान्समा २९ हजार १११, स्पेनमा २७ हजार १३४, मेक्सिकोमा १२ हजार ५४५, बेल्जियममा ९ हजार ५६६, जर्मनीमा ८ हजार ७६३, इरानमा ८ हजार १३४, क्यानाडामा ७ हजार ७०३, नेदरल्यान्ड्समा ६ हजार ५, रसियामा ५ हजार ५२८, पेरुमा ५ हजार १६२ र टर्कीमा ४ हजार ६४८ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ जना संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार २७ जना छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा छैटौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म २ लाख ३६ हजार १८४ जना संक्रमित पुष्टि भएको छ । ६ हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २८६ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । एक महिनाअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८९ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ११ प्रतिशतमा झरेको छ ।

एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । तीन दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । पछिल्लो ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको छ । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer