२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तासिटीका तीनैजनाको रिपोर्ट नेगेटिभ


बिर्तामोड, जेठ २५ । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएका तीनजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार तीनजनाको आरडिटी पोजिटिभ देखिएपछि पिसिआर परीक्षणको लागि पठाइएको थियो । तर, तीनैजनाको पिसिआर नेगेटिभ आइसकेको छ ।

सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण सुरु गरेको थियो । तर, केही व्यक्तिले गलत हल्ला फैलाएपछि अहिले परीक्षणको काम बन्द गरिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।

स्थानीय नागरिकमा फैलिएको डर त्रासका कारण परीक्षण गर्न सकिने अवस्था नरहेको भन्दै कार्यकारी निर्देशक बस्नेतले कोरोनासँग मिल्दोजुल्दो बिरामी आएमा मेची अस्पताल तथा धरान पठाउने जानकारी दिए ।

बिर्तासिटीमा कोरोना पुष्टि भएको बिरामी फेला परेको असत्य सूचना बाहिर व्यापक फैलिएको छ । बस्नेतले गलत सूचनाको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer