२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पशुपतिका पूर्वविद्यार्थीले बाह्रदशीलाई दिए मास्क


बिर्तामोड, जेठ २५ । झापा राजगढको पशुपति मावि पूर्वविद्यार्थी समाजले बाह्रदशी गाउँपालिकालाई एन ९५ मास्क प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच समाजका पदाधिकारी तथा सदस्यले गाउँपालिका अध्यक्ष खड्ग राजवंशी र उपाध्यक्ष रत्ना राजवंशीलाई १५० थान मास्क प्रदान गरेका हुन् । समाजका मध्यपूर्व संयोजक नविन पोखरेलको नेतृत्वमा मास्क दिइएको हो ।

कार्यक्रममा समाजका संरक्षक गंगा अधिकारी, संयोजक सीताराम बराल, विद्यालयका प्रधानाध्यापक कुमार दाहाल, पूर्वविद्यार्थीहरु भगिरथ पोद्दार, समता कार्कीलगायतको उपस्थिति थियो ।

समाजले यसअघि पशुपति माविको भौतिक पूर्वाधार तथा शैक्षिक विकासमा सहयोग गर्दै आएको छ । त्यस्तै, खेलकुदका सामग्री र कक्षा कोठा सुधारमा सहयोग गरिसकेको छ । समाज गठनअघि मध्यपूर्व संयोजक पोखरेलले चार थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer