२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नयाँ चाहना समूहद्वारा २०० परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ २६ । सामाजिक कार्यमा अग्रणी बिर्तामोडको नयाँ चाहना समूहले आइतबार बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा २०० विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, आलु, प्याज, टमटर, साबुन, मास्क, सेनिटाइजरलगायत सामग्री वितरण गरिएको समूहका सचिव मदन राईले जानकारी दिए ।

समुहका संयोजक रोजित गुरूङका अनुसार लक डाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारीमा निर्भर मजदुर भोकै हुने अवस्था आएकाले राहत वितरण गरिएको हो । समूहले वैदेशिक रोजगारमा रहेका साथी तथा स्थानीय समाजसेवीबाट सहयोग जुटाएर राहत वितरण गरेको सचिव राईले बताए ।

सदस्य सुरज शेर्पाका अनुसार बिर्तामोडमा व्यापार महोत्सव, मृगौला पीडितका लागि आर्थिक संकलन अभियान, रक्तदान कार्यक्रम, खेलकुद, सरसफाइ अभियान लगायत सामाजिक कार्यमा समूह सक्रिय रहँदै आएको छ ।

समूहले भूकम्प पीडित काठमाडौँको बालगृहका २७ जना अलपत्र बालबालिकालाई झापामै करिब तीन महिनासम्म आवासको व्यवस्था गरेको थियो । २०६२ मा स्थापित समूहले स्थापनाकालदेखि सामाजिक गतिविधि गर्दै आएको छ ।

राहत वितरण कार्यक्रममा बिर्तामोड वडा–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, वडा सदस्य डिआर कडरिया, वडा सदस्य लक्ष्मी बास्कोटा, समाजसेवी गोपी गिरी लगायतको उपस्थितिमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer