२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीद्वारा साढे चार लाखको अवैध सामान बरामद


बिर्तामोड, जेठ २७ । सशस्त्र प्रहरी बल नेपालले झापामा तीन दिनमा झन्डै साढे चार लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको छ ।

भारतीय सीमामा खटिएको सशस्त्र प्रहरी बलले जेठ २४, २५ र २६ गते अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेको सामान बरामद गरेको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणविक्रम शाहले जानकारी दिए ।

झापाका टाघनडुब्बा, भागडुब्बा, केचना र काँकरभिट्टाका विभिन्न नाकाहरुबाट ल्याइँदै गरेको चार लाख ४३ हजार ९०० मूल्यको अवैध सामान गरिएको हो ।ती ठाउँहरुमा सशस्त्र प्रहरीका चेक पोस्टहरु रहेका छन् ।

सशस्त्र प्रहरीले सुर्ती, मोटरपार्टस, मोबाइल, विभिन्न किसिमका औषधिहरु, खानेतेल, मल र एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएका अवैध सामान भन्सार कार्यालयमा दाखिला गरिएको शाहले बताए ।

लक डाउनको समयमा पनि भारतबाट लुकीछिपी सामान ल्याउने क्रम नरोकिएपछि सशस्त्र प्रहरीले विशेष निगरानी राख्दै आएको छ । भारतीय सीमा बन्द गरिएको भए पनि तस्करी गर्नेहरुले सहायक बाटो र खेत हुँदै सामान भित्र्याउने गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer