२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ऋण नतिरे धितो लिलाम गर्ने भद्रपुरका वित्तीय संस्थाको धम्की


भद्रपुर, जेठ २९ । झापा सदरमुकाम भद्रपुर-चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा वित्तीय संस्थाहरूले ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण तिर्न धम्की दिन थालेका छन् ।

चाँडै ऋण नतिरे धितो लिलाम गर्ने भनेर बैंकले धम्क्याउन थालेको गुनासो बढेको छ । निजी वित्तीय संस्थाले यसरी धम्की दिनु सरकारको निर्देशन विपरीत हो । ती संस्थाहरूले ऋण कारोबार गर्ने सदस्यहरूलाई तिर्नुपर्ने मासिक ब्याज, किस्ता नतिरे धितो लिलामी प्रक्रियामा जाने धम्की दिन थालेको स्थानीय ऋण कारोबारीले गुनासो गरेका हुन् ।

व्यावसायिक कर्जा लिएका सयौँ व्यक्तिहरूको व्यावसायिक कारोबार बन्द भएपछि चैतयता बैंक तथा वित्तीय संस्थाहरूको किस्ता र ब्याज तिर्न नसकेपछि फोन तथा म्यासेज पठाएर ऋण तिर्न दाबब दिन थालेका हुन् ।

सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित ऋण कारोबार गर्ने ऋणी व्यक्तिहरूको ऋण र किस्ता तिर्न समय दिनुपर्ने, हर्जना शुल्क लिनु नहुने निर्देशन जारी गरेको भए पनि नाफामुलक उद्देश्यबाट सञ्चालित निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारी निर्देशनको पालना गरिरहेका छैनन् ।

बन्दाबन्दीको अवधिमा पनि मासिक ब्याज तथा किस्ता तिर्न ढिला हुने ऋणी सदस्यबाट हर्जना असुल्ने गरेको गुनासो आउन थालेको छ । बैंकको यस्तो हर्कतप्रति स्थानीय ऋणी तथा कारेबारीले आश्चर्य व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer