२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अभियानद्वारा झापालाई १ हजार किलो चामल प्रदान


बिर्तामोड, जेठ ३० । एकका लागि एक अभियानले झापा गाउँपालिकालाई १ हजार किलो चामल प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जयनारायण शाह र पूर्वजनप्रतिनिधि देउमान थेवेले अभियानको सचिवालय चारपानेबाट चमाल ग्रहण गरे । उनलाई अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्यहरु कुमारमणि पाखरेल र शिव कडेलले चामल प्रदान गरेका थिए ।

गाउँपालिकाले बनाएको क्वारेन्टिनमा रहँदै आएका व्यक्तिलाई खाना खुवाउन समस्या भएपछि अभियानले चामल सहयोग गरेको हो । झापा गाउँपालिकाका क्वारेन्टिनमा १ सयदेखि २ सयको हाराहारीमा मानिसहरु बस्दै आएका छन् ।

पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाउँदै आएको बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer