२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीलाई पूर्णता


बिर्तामोड, जेठ ३१ । लायन्स क्लब अफ बिर्तामोड सिटीले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ ।

क्लबको वर्ष २०२०/२१ का लागि यसअघि नै अध्यक्षमा घनश्याम चौधरी चयन भइसकेका छन् । बिर्तामोडमा बसेको बैठकले पदाधिकारीबाहेक रिक्त रहेका पदलाई पूर्णता दिएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा रामेश्वर द्विवेदी, द्वितीय उपाध्यक्षमा मनोज बानियाँ, तृतीय उपाध्यक्षमा दुर्गा थपलिया रहेका छन् । क्लब सचिवमा उपेन्द्र बानियाँ, संयुक्त सचिवमा एजाज अहमद अन्सारी, कोषाध्यक्षमा अनन्तलाल महतो, संयुक्त कोषाध्यक्षमा संजय चौधरी, प्रवक्तामा अशोक चौधरी चयन भएका छन् ।

क्लबको प्रेस संयोजकमा हिमालचन्द्र खरेल, क्लब संयोजकमा चन्द्र कट्टेल, टेमरमा टहलदास ओली, टेल ट्विास्टरमा प्रेम खड्का, थिम निर्देशकमा राजेश नेपाल छन् । निर्देशकहरु पदम पुरी, नरेश शाह, त्रिलाकी शाह, टंक पौडेल, पारस मैनाली, दिपक साफी, सौगात संग्रौला, तुलसी शिवाकोटी, तेजप्रकाश शिवाकोटी, गंगा गौतम र राजबाुल शेख चयन भएका छन् ।

बैठकले वर्ष २०१९/२० का अध्यक्ष नीरज ओली इन्टरनेसनल प्रेसिडेन्टियल अवार्डबाट सम्मानित भएकोमा धन्यवाद ज्ञापन गरेको छ । ओलीको कार्यकालमा क्लबले दुई दर्जनभन्दा बढी सामाजिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा निःशल्क सेवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer