२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुंगाबाट सातजना जुवाडे पक्राउ


बिर्तामोड, जेठ ३२ । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार विशेष सूचनाको आधारमा खटिइएको प्रहरी टोलीले नगद ७१ हजार १० रुपैयाँसहित १६ थान कौडा र सातजना जुवाडेलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कनकाई–३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागार्इं, कनकाई–४ का ३८ वर्षीय मानबहादुर श्रेष्ठ र ३५ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।

नगदसहित पक्राउ परेका जुवाडेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केहीले पहुँचका आधार तत्काल छुटाउन व्यापारीका नेता र राजनीतिक दलका नेतालाई फोन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer