२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

९ लाखको अवैध मोबाइल बरामद


बिर्तामोड, असार १ । लक डाउनका कारण नेपाल–भारत सीमा बन्द भए पनि अवैध रुपमा समान ल्याउने क्रम रोकिएको छैन ।

सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको मोबाइलका डिस्प्लेहरु बरामद गरेको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणविक्रम शाहले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले मेचीनगर ६ दुर्गा मन्दिरनजिकै अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको नौ लाख १० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका मोबाइलको डिस्प्लेहरु बरामद गरेको हो । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

सशस्त्र प्रहरीले यसअघि पनि झापाका टाघनडुब्बा, भागडुब्बा, केचना र काँकरभिट्टाका विभिन्न नाकाहरुबाट ल्याइँदै गरेको चार लाख ४३ हजार ९०० मूल्यको अवैध सामान बरामद गरेको थियो । लक डाउनको समयमा पनि भारतबाट लुकीछिपी सामान ल्याउने क्रम नरोकिएपछि सशस्त्र प्रहरीले विशेष निगरानी राख्दै आएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले एक लाख २४ हजार ४०० मूल्य बराबरको सुर्ती, बिँडी, नेट जाली, अगरबत्ती, नाइलन डोरी, इन्जिन तेल, नरिवल तेल र मल लगायतका सामान बरामद गरीे भद्रपुर भन्सार कार्यालय बुझाएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

त्यस्तै, प्रहरीले आइतबार साँझ भद्रपुर ३ ज्ञानेचोकमा अवैध काठसहित मे. १ त २७०४ नम्बरको ट्रयाक्टर बरामद गरेको छ । अवैध रुपमा लाँदै गरेको सिसउ जातको काठ १८ वटा टुना (४७.४४ क्यु फिट) सहित ट्रयाक्टर चालक भद्रपुर २ का २२ वर्षीय प्रकाश विकलाई समेतलाई नियन्त्रणमा लिइएको छ । आवश्यक कारबाहीका लागि काठ, ट्रयाक्टर र चालकलाई जिल्ला वन कार्यालय झापामा बुझाइएको थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer