२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका एकजना पक्राउ


बिर्तामोड, असार १ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा मेचीनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय रमेश बस्नेत छन् । उनले झापाको मेचीनगर–२ मा १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार जेठ २६ गते साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले बालिकालाई नजिकैको मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेका थिए ।

बालिकाले बयानमा यसअघि पनि बस्नेतले पटकपटक यौन प्रस्ताव राख्दै आएको प्रहरीसमक्ष बयान दिएकी छन् । जेठ २६ गते मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेपछि बालिका चिच्चाएकी थिइन् । उनी चिच्चाएको अभिभावकले थाहा पाएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टका डिएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तर्गत म्याद थप गरिएको छ । जिल्ला अदालत झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए ।

आरोप पुष्टि भए उनलाई बढीमा ३ वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ । अभियुक्तका परिवार र दलका नेता कार्यकर्ताहरुले ‘मिल्नुपर्छ’ भन्दै बालिका र उनका अभिभावकलाई मानसिक दबाब दिइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer