२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश १ मा खेलकुदको बजेट ३० करोड


‘एनएसजेएफ झापा स्पोटर्स अवार्ड’ को तेस्रो संस्करणमा अवार्ड प्राप्त खेलाडी र प्रशिक्षक ।

बिर्तामोड, असार २ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नम्बर १ सरकारले खेलकुदमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई जोड दिएको छ । धरानमा खेलकुदग्राम निर्माण गरिने र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुदका निर्माणाधीन पूर्वाधारको विकास र विस्तार गरिने बजेटमा उल्लेख छ ।

त्यस्तै, प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिने, प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने बताइएको छ । विराटनगरमा सहिद मैदानमा फर्ड लाइट निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने बजेटमा उल्लेख छ ।

प्रदेश १ को झापामा ती वर्षयता खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएसजेएफ झापा स्पोटर्स अवार्ड’ हुँदै आएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट अवार्डलाई पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । अवार्ड नेपाल खेलकुद पत्रकार मञ्च झापाले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer