२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज अस्ट्रेलियाद्वारा झापामा सहयोग अभियान सुरु


भद्रपुर, असार २ । झापाली समाज अस्ट्रेलियाले भद्रपुरका क्वारेन्टिनका लागि ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको छ ।

मंगलबार भद्रपुरस्थित विदुर बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफ्नो मातृभूमिलाई संकटको घडीमा सहयोग प्रदान गर्ने झापालीको तन विदेसिए पनि मन झापामै रहेको उल्लेख गरे ।

कार्यक्रममा विदुर बोर्डिङ स्कुलकी प्रिन्सिपल मणिदेवि भट्टराई, समाजसेवी वासुदेव पोखरेल, झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओलीको उपस्थिति रहेको थियो । विद्यालयका सञ्चालक राजन भट्टराईले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए ।

अस्ट्रेलियामा रहेका समाजका अध्यक्ष उमेश पोखरेलले निरन्तर सहयोगको यो एक अंश भएको बताए । समाजले एकका लागि एक अभियानअन्तर्गत दुई साताअघि भिटिएम ट्युबका लागि १ लाखबराबरको सामग्री प्रदान गरेको थियो ।

त्यस्तै, कचनकवल ६ मा रहेका ७० विपन्न परिवारका लागि ७२ हजार बराबरको खाद्य सामग्री वितरण गर्नुका साथै मेचीनगरका क्वारेन्टिनमा रहेकालाई आवश्यक सहयोग गर्ने योजना रहेको समाजका उपाध्यक्ष अशोक ओलीले बताए । बिर्तामोड र हल्दिबारीमा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने झापाली समाजले घोषणा गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए ।

यो सहयोग अभियानलगायत हालसम्म आवश्यक परेका बेला जहिले पनि साथ दिई सहयोग प्रदान गर्नु भएका सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई समाजको तर्फबाट कोषाध्यक्ष नविन थपलियाले धन्यवाद व्यक्त गरे । विभिन्न व्यवसाय, रोजगार एवम् अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था हो झापाली समाज अस्ट्रेलिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer