२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रोप्नुअघि नै तोकियो धानको मूल्य


झापा, असार ३ । नेपालमा पहिलोपटक बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए । कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सो मूल्य तय गरिएको हो ।

यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ । संरक्षित कृषि, सुनिश्चित बचतअन्तर्गत बाली लगाउनुपूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य प्रस्तावित गरिएको कृषि विकास तथा पशुपन्क्षी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य तोकिएको हो । घनश्याम भूसाल कृषिमन्त्री भएपछि किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने बताएका थिए ।

त्यस्तै, बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए । यो उनको योजना कार्यान्वयन हो ।

अब सबै मुख्य बाली वस्तुको क्रमशः खेती अघि नै न्युनतम समर्थन मूल्य तोकिने मन्त्रालयले बताएको छ । यस कार्यलाई कृषिमा आमूल परिवर्तनको संकेतको रुपमा हेरिएको छ ।

झापा जिल्ला धानको सुपरजोन क्षेत्र हो । नेपालमै सबैभन्दा बढी धान उत्पादन झापामा गरिन्छ । सरकारको यो निर्णणले झापाली कृषकलाई फाइदा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer