२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

फरक क्षमता भएका परिवारलाई अभियानद्वारा खाद्यान्न वितरण


झापा, असार ३ । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण गरेको हो । सहारा नेपाल साकोसको केन्द्रीय कार्यालय चारपानेमा अभियानले एक कार्यक्रमका बीच उनीहरुलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अभियानको परिकल्पनाकार तथा मुख्य साझेदार संस्था सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा फरक क्षमता भएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरिएको थियो ।

सहाराका उपनिर्देशक लक्ष्मण खतिवडाले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अभियानको एउटा उद्देश्य भनेको हुनेखाने एक परिवारले हुँदा खाने अर्को परिवालाई सहयोग गर्ने रहेको स्पष्ट पारे । लक डाउनको अवधिमा कोही पनि मानिस भोकै बस्नु नपर्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोड र आसपासका नित्रहीन, श्रवण शक्ति गुमाएका र शारीरिक अपांगता भएकालाई खाद्यान्न उपलब्ध गराइदिएकोमा अभियानप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा अभियानका सहसंयोजक विनाद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, कुमारमणि पोखरेल, मिजास पोखरेल, मनोज बुढाथोकी, विकास बस्नेत, दिपेन चौधरीलगायत अभियानका साझेदार संस्थाका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो । अभियानले यसअघि झन्डै २ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer