२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः नेकपा–राप्रपाद्वारा उम्मेदवार सार्वजनिक


बिर्तामोड, फागुन ५ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार निश्चित गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी रहने छ ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी रहने भएको छ ।

राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीले उम्मेदवारी दिनेछन् ।

निर्वाचन समितिले फागुन ६ गते उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । यसपालिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

नेकपा नेता रोमणि भट्टराईको अध्यक्षतामा सम्पन्न संयुक्त गठबन्धनको उम्मेदवार घोषणा सभालाई नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए ।

सम्बन्धित खबर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer