२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री राईद्वारा विराटनगर सिटी फुटबल क्लबको उद्घाटन


झापा, चैत १२ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरेका छन् ।

विराटनगर सिटी फुटबल क्लबले आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दैछ। गत हप्ता सम्पन्न अक्सनमा विराटनगरले १४ खेलाडी पाएको थियो भने टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाँडै अनुबन्धन गर्दैछ ।

उद्घाटन समारोहमा मुख्यमन्त्री राईले विराटनगर सिटी फुटबल क्लबलाई बधाई तथा शुभकामना दिए । विराटनगर सिटी फुटबल क्लबले प्रदेश १ मै अभ्यास र प्रशिक्षण गर्ने हुँदा प्रदेश १ मा फुटबलको विकासका लागि निकै सहयोग पुग्ने जनाए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, विभिन्न नगरपालिकाहरुका प्रमुखहरु, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, पूर्वफुटबल खेलाडी विष्णु बराल, मोरङ फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायीहरु र अन्य अतिथिहरु उपस्थित थिए ।

क्लबका अध्यक्ष अनुपरञ्जन भट्टराईका अनुसार विराटनगर सिटी फुटबल क्लबको मुख्यालय विराटनगरमा नै स्थापना हुनेछ । उद्घाटन समारोहमा बोल्दै भट्टराईले भने, विराटनगर र प्रदेश १ मा फुटबलप्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकास नै हाम्रो मुख्य लक्ष्य रहनेछ ।

प्रमुख कार्यकरी अधिकृत शुभाशिष कोइरालाका अनुसार टोलीमा नेपालका प्रख्यात र उदाउँदै गरेका खेलाडीहरु रहनेछन् भने केही अनुभवी विदेशी खेलाडीहरु समेत समावेश गरिने छन् । यसैगरी, टोलीले नेपाल सुपर लिग प्रारम्भ हुनुअगाडि विराटनगरमा नै प्रशिक्षण गर्ने भएको छ, जसमा विराटनगरका युवा खेलाडीहरुलाई समेत समावेश गरिनेछ।

टोलीले अक्सनबाट प्राप्त गरेका खेलाडीहरु अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दिपक राई र निरकुमार राई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer