२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पावर लिफ्टिङको उपाधि दिपलाई


बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको पावर लिफ्टिङ प्रतियोगिताको उपाधि दिप साउदेनले जितेका छन् ।

समिति सचिव विशाल अग्रवालका अनुसार साउदेन प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका हुन् । त्यस्तै, ५४ केजी समूहमा कुसल मेचे र ७४ केजी समूहबाट प्रेम राजवंशी प्रथम भए । मेचे अन्तर्राष्ट्रिय खोखो खेलाडी हुन् ।

जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोर्तेलले खेलकुद गतिविधिमार्फत वडा नम्बर ५ ले गरेको कामको प्रशंसा गरे । उनले युवालाई खेलकुदले स्वस्थ र अनुशासित बनाउने भएकाले प्रतियोगिता जरुरी रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, कार्यपालिका सदस्य सुरेन राजवंशी, जिल्ला युवा परिषद् अध्यक्ष मदन बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर खेलकुद विकास समितिको समेत सहयोग रहेको प्रतियोगितालाई आइमार्ट, डाइट नपाल, सम्लिमेन्टस् जोन, माइ फिटनेस नेपाल, ग्यालक्सी फिटनेस, एलाइट युथ क्लब बट्टारेलगायत संस्थाले साथ दिएका थिए ।

समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सम्पन्न गरेको थियो । समितिले फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल, फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता, फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको सचिव अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer