२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

इक्यान झापाद्वारा अक्सिजन बैंकका लागि तीन लाख सहयोग


बिर्तामोड, जेठ ४ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले तीन लाख लाख रुपैयाँ प्रदान गरेको छ ।

झापामा रहेका शैक्षिक परामर्श केन्द्रहरुले रकम संकलन गरेर संयुक्त रुपमा अभियानलाई तीन लाख रुपैयाँ बुझाएका हुन् । एक कार्यक्रमबीच अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई संघका झापा अध्यक्ष सुमन शर्मा जमरकट्टेलको नेतृत्वमा आज बुधबार रकम बुझाइएको हो ।

संघले २० थान अक्सिजन सिलिन्डरबापतको रकम हस्तान्तरण गरेको हो । संघले आग्रह गरेपछि अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

रकम संकलनका लागि इक्यान केन्द्रीय कार्यसमितिका पदाधिकारी, इक्यान पूर्वाञ्चल, इक्यान चितवन लगयत सम्पूर्ण इक्यानमा आबद्ध संस्थाले सहयोग गरेको जमरकट्टेलले बताए ।

इक्यानका केन्द्रीय सदस्य तथा झापाका सल्लाहकार पुष्पराज भट्टराई, इक्यान झापाका उपाध्यक्ष मिलन ओली, कोषाध्यक्ष राज कार्की चेक हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

इक्यान झापाका अध्यक्ष कट्टेलले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्ने अवस्था नआओस् भनेर सहयोग गरिएको बताए । कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य गजेन्द्र पौडेलको सहभागिता थियो ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer