२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता लेडी जेसिजद्वारा अक्सिजन बैंकका लागि ९० हजार सहयोग


बिर्तामोड, जेठ ५ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत वीरता लेडी जेसिजले ९० हजार रुपैयाँ प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच जेसिजकी अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वले सो रकम प्रदान गरेका हो । अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । जेसिजले ६ थान अक्सिजन सिलिन्डरबापतको रकम सहयोग गरेको हो ।

लेडी जेसिजबाट अध्यक्ष आचार्यले १ थान, कोषाध्यक्ष झुमा चुडालबाट १ थान, जनसम्पर्क अधिकारी टिका तिवारीले १ थान सिलिन्डरबापतको जनही १५ हजार सहित एकमुष्ठ ९० हजारको चेक अभियनलाई प्रदान गरिएको छ ।

बाँकी रकम जेसिजका अन्य पदाधिकारी र सदस्यहरुबाट सहयोग प्राप्त भएको बताइएको छ । लेडी जेसिज समाजसेवाका अन्य काममा पनि अग्रसर रहँदै आएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष आचार्य, महासचिव हिमा पौडेल, कोषाध्यक्ष झुमा चुडालर र कार्यकारणी उपाध्यक्ष युनिता दवाडी सहभागी थिए ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer