२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शिखर साकोसका कर्मचारीद्वारा अक्सिजन बैंकका लागि ३० हजार सहयोग


बिर्तामोड, जेठ ६ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत शिखर साकोसका कर्मचारीले ३० हजार रुपैयाँ प्रदान गरेका छन् ।

कर्मचारीले संस्थाका अध्यक्ष दिपेन्द्र राउतमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । शिखरका कर्मचारीले २ थान अक्सिजन सिलिन्डरबापतको रकम सहयोग गरेका हुन् ।

सामाजिक कार्यमा समेत अग्रणी रहेको शिखर साकोसका कर्मचारीले आफ्नो तलबबाट एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि सहयोग गर्ने निर्णय गरेका थिए ।

अहिलको आवश्यकता अक्सिजन भएको हुँदा कर्मचारीहरुले समाजप्रति उत्तरदायित्व बहन गर्दै सहयोग गरको व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer