२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिएन्डसीले व्यहोर्ने


बिर्तामोड, जेठ १५ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको औषधि उपचार खर्च झापाको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले प्रदान गर्ने बताएका छन् ।

आज एक विज्ञप्ति निकाल्दै प्रसाईंले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने जनाएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा बिएन्डसीले यस्तो घोषणा गरेको हो ।

‘नेपालको गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियान्ता तथा साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापा हाल अस्वस्थ्य भई मेडिसिटी अस्पताल काठमाडौँमा उपचाररत रहनु भएको र उहाँको उपचारमा सहयोग संकलनको लागि आह्वान भएको समाचार विभिन्न सञ्चारमाध्यम मार्फत विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आर्थिक सहयोगको लागि आह्वान गर्नुभएको जानकारी हुन आएकोले’, विज्ञप्तिमा भनिएको छ, ‘बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारको क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको सम्पूर्ण उपचार खर्च कार्यकारी निर्देशक प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer