२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


बिर्तामोड, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।

खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र ५० थान फेससिल हस्तान्तरण गरेको हो ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिँदै मञ्चसँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जीत प्रसाईं र कार्यसमिति सदस्य रञ्जीत परियारको सहभागिता रहेको थियो ।

हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एकजनाको निधन भएको र हाल पाँचजना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer