२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी संघद्वारा ३४ परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ २४ । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रमअन्तर्गत आज ३४ परिवालाई राहत प्रदान गरेको छ ।

आज सोमबार झापाको कमल–५ पाडाजुँगी आसपास, बिर्तामोड र धुलाबारीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

पाडाजुँगीस्थित दैनिक ज्यालादारी मजदुरी गर्ने २०, बिर्तामोडस्थित नेत्रहीन १०, बिर्तामोड र धुलाबारीका ४ परिवालाई खाद्यान्न अभाव भएपछि संघले वितरण गरेको संघले जनाएको छ ।

संघले यसअघि बिर्तामोडको अकलबस्तीका १६, मेचीनगर धाइजनका १८, बिर्तामोड सूर्यनगरका १५, मेचीनगरका शारीरिक अपाङ्गता भएका ६, बिर्तामोडका ५ र शान्तिनगरका ११ मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको संघका महासचिव खड्काले बताए ।

मजदुरहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको हो । एक परिवारलाई २ हजार २५० रुपैयाँको प्याकेज बनाएर राहत वितरण गरेको संघले जनाएको छ ।

संघले जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । संघमा आवद्ध व्यवसायीबाट रकम संकलन गरेर राहत वितरण गरिएको जनाइएको छ ।

कमलको खाद्यान्न वितरण कार्यक्रममा संघका अध्यक्ष गौतम गुप्ता, महासचिव खड्का, कोषाध्यक्ष विवेक बजगाईं, सहकोषाध्याक्ष युवराज भट्टराई, सदस्य लक्ष्मी पौडेल, मेची अञ्चलका पूर्वसदस्य नारद गौतम, वीरता जेसिजका अध्यक्ष राजीव धिमाल, लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव अनन्तलाल महतो, स्थानीय शिक्षक देवराज बस्नेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer