२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उद्योगी दिपेन्द्र पोखरेलको निधन


बिर्तामोड, जेठ २७ । झापा बिर्तामोडका उद्योगी, व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ । काठमाडौँको नर्भिक हस्पिटलमा विगत ३६ दिनयता उपचार गराइरहेका उनको गत राति १२ बजे निधन भएको हो ।

कोरोना संक्रमित ५३ वर्षीय उनको काठमाडौँमा उपचार भइरहेको थियो । उनी दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी नेपाली कांग्रेसका सक्रिय कर्ताकर्ता थिए ।

पारिवारिक स्रोतका अनुसार अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत उनको पार्थिव शरीर झापा ल्याइनेछ र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

पोखरेलका पत्नी, एक छोरी र एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer