२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अझासद्वारा झापामा स्वास्थ्य सामग्रीका लागि २३ लाख सहयोग


बिर्तामोड, जेठ २७ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि अन्तर्राष्ट्रिय झापाली समाज (अझास) ले एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको अवसरमा बुधबार सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो ।

समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

समाजले अभियान र स्थानीय पालिका तथा प्रशासनलाई सहयोग हस्तान्तरण र समन्वयका लागि पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । विश्वका ४२ वटा देशमा समाजअन्तर्गत राष्ट्रिय समिति रहेका छन् ।

बुधबार नै जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थापनमा आवश्यक हुने ब्याग, फेस सिल्ड, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । प्रजिअ तिमिल्सिनालाई उपाध्यक्ष पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समाजले झापाका १५ वटै स्थानीय तहमा आठ लाख मूल्यबराबरको पिपिइ, भिटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ मास्क र सर्जिकल माक्स, फेस सिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरेको छ ।

कार्यक्रममा राष्ट्रिय समितिका प्रतिनिधिहरु भीम पोखरेल, दुर्योधन कार्की, एकका लागि एक अभियानको तर्फबाट शिव कँडेल लगायतको सहभागिता थियो ।

कोरोनाविरुद्धको लडाइँमा सहयोग पु¥याउन तथा कसैले अक्सिजन र आवश्यक उपचार अभावमा जीवन गुमाउनु नपरोस् भनेर सहयोग प्रदान गरिएको अस्ट्रेलियामा रहेका समाजका संरक्षक दिनेशकुमार पोखरेलले बताए ।

उनले समाजद्वारा प्रदान गरिएको सहयोगको सही ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै संकटको घडीमा झापालीहरुको एकताप्रति खुसी व्यक्त गरेका छन् । समाजले यसअघि पिसिआर ल्याब स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer