२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चलचित्रकर्मी महासंघद्वारा ६० परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ २९ । नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशले आफ्नो सदस्य संस्थाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

संघले हातेमालो अभियानअन्तर्गत राहत वितरण गरेको कलाकार गोपाल यक्तेनले जानकारी दिए । महासंघमा आवद्ध कलाकार, प्राविधिक तथा पत्रकारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो ।

चलचित्र पत्रकार संघ प्रदेश १, सुनसरी शाखा, डिथ्री अनलाइन, विशेष अनलाइन, होप धरान, इनास युके, प्रतिभा नक्षत्र युके, इशा बुक्स बिर्तामोड, श्रेष्ठ बुक्स बिर्तामोडलगायतको सहयोगमा ६० परिवारलाई राहत दिइएको यक्तेनले बताए ।

विपन्नलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, १ किलो दाल, एक लिटर तेल, १ किलो सोयाबिन निउटेला र नुन १ किलोका दरले प्रदान गरिएको हो ।

महासंघले बिर्तामोड, चारआली, काँकरभिट्टा, चन्द्रगढी, सुरुङ्गा, राजगढ र दमक क्षेत्रका आफ्नो सदस्यहरुलाई खाद्यान्न दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer