२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी संघ झापाद्वारा हालसम्म तीन लाखको खाद्यान्न वितरण


बिर्तामोड, जेठ ३० । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्नलाई राहत कार्यक्रमअन्तर्गत हालसम्म १३५ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

संघले जिल्लाका विभिन्न स्थानका दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

१३५ परिवारलाई २ लाख ९३ हजार ६२५ रुपैयाँको खाद्यान्न प्रदान गरिएको हो । संघको अगुवाईमा व्यवसायीबाट व्यक्तिगत रकम संकलन गरी विपन्नको चुलो बाल्ने काम भएको कोषाध्यक्ष विवेक बजगाईंले बताए । संघले खाद्यान्न वितरण जारी राखेको छ ।

महासचिव खड्काका अनुसार हालसम्म ३ लाख ५ हजार ६१७ रुपैयाँ नगद तथा ३२५ किलो चामल संकलन गरिएको छ । सबैभन्दा बढी बिर्तामोड क्षेत्रका व्यवसायीबाट नगद १ लाख ५३ हजार ९३५ नगद तथा १०० किलो चामल संकलन भएको छ ।

त्यस्तै, दमकका व्यवसायीबाट ७९ हजार ९५५ नगद तथा २२५ केजी चामल, मेचीनगरका व्यवसायीबाट ३९ हजार २०५ नगद, भद्रपुरका व्यवसायीबाट ५ हजार २०० नगद, शिवसताक्षीका व्यवसायीबाट ५ हजार, विराटनगरका व्यवसायीबाट ५ हजार, दुहबीका व्यवसायीबाट ५ हजार नगद संकलन भएको छ ।

त्यस्तै, हल्दिबारीका व्यवसायीबाट ३ हजार, अर्जुनधाराका व्यवसायीबाट २ हजार २२२, वीरगञ्जका व्यवसायीबाट २ हजार १०० र गौरादहबाट औषधिका बजार प्रतिनिधिबाट ५ हजार रुपैयाँ संकलन भएको खड्काले बताए ।

मजदुर तथा विपन्नवर्गहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको संघका अध्यक्ष गौतम गुप्ताले बताए । एक परिवारलाई २ हजार १७५ रुपैयाँको प्याकेज बनाएर राहत वितरण गरेको संघले जनाएको छ ।

संघले हालसम्म बिर्तामोडको अक्कलबस्ती, सूर्यनगर, चारपाने, सैनिकमोड, बिर्तामोडका नेत्रहीन, मेचीनगरको धाइजन, मेचीनगरका शारीरिक अपाङ्गता भएका, शान्तिनगर, कमलको पाडाजुँगी तथा गौरीगञ्ज–६ देवीगञ्जस्थित सन्थालबस्तीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको संघका महासचिव खड्काले बताए ।

गौरीगञ्जको खाद्यान्न वितरण कार्यक्रममा १ नम्बर प्रदेशका उपाध्यक्ष सूर्यप्रसाद कोइराला, संघका अध्यक्ष गुप्ता, महासचिव खड्का, कोषाध्यक्ष बजगाईं, सदस्य लक्ष्मी पौडेल, मनोनित सदस्य विप्लव लिम्बू, साधारण सदस्य रमेश दाहाल, लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव अनन्तलाल महतोको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer