२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीमा आजबाट ओपिडी सेवा नियमित


बिर्तामोड, जेठ ३१ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको ओपिडी सेवालाई बिएन्डसी टिचिङ हस्पिटलले असार १ गतेदेखि नियमित रुपमा खुला गर्ने भएको छ ।

आम नागरिकको जनजीवन सामान्य अवस्थातर्फ गइरहेकाले ओपिडी सेवा आजबाट नियमित रुपमा सञ्चालन गर्ने हस्पिटलले जनाएको हो । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले एक विज्ञप्ति निकालेर विगतअनुसार नै नियमित रुपमा ओपिडी सेवाअन्तर्गत सम्पूर्ण सेवाहरु सुरु गर्ने जनाएका छन् ।

जिल्लामा कोरोना संक्रमण दरमा कमि आई निको हुनेको संख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञामा पनि खुकुलो पार्दै लैजाने रणनीति लिएका कारण पनि हस्पिटलले ओपिडी सेवा सञ्चालन गर्ने निर्णय लिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer