२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा असार १४ सम्म निषेधाज्ञाः समय मिलाएर सबै व्यवसाय खुला


बिर्तामोड, असार ७ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ । असार १४ गतेसम्म थप गरिएको निषेधाज्ञामा फरकफरक समय तोकेर सबैखाले व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ ।

प्रशासनले भीड हुने भनिएका विद्यालय, सार्वजनिक यातायात, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद, इत्यादि सञ्चालनमा भने रोक लगाएको छ । आज सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति झापाको बैठकले निषेधाज्ञालाई केही सहज बनाएको हो ।

जिल्ला प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल सोरुम, प्लास्टिक तथा मेसनरी पसलहरु बिहान ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ ।

होटल तथा रेस्टुरेन्टहरुले टेक अवे सेवा सञ्चालन गर्नुपर्ने छ भने कृषि तथा भेटनरी पसलहरु बिहान ११ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । मोटर वर्कसपहरु ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने नियम बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer