२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापाद्वारा मेलम्चीका बाढी प्रभावितलाई ५१ हजार सहयोग


बिर्तामाड, असार ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले शाखा काठमाडौँले सुरु गरेको बाढी पहिरो सहयोगार्थ सहयोग बैंकलाई ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

संघ झापाका महासचिव जीवनकुमार खड्काका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी पहिरोबाट प्रभावित नागरिकलाई सहयोगका निम्ति झापा शाखाले सहयोग प्रदान गरेको हो ।

संघको काठमाडौँ शाखाले समन्वय गरेर देशभरका शाखासँग सहयोग संकलन भइरहेको खड्काले बताए । झापा शाखाका नौजना पदाधिकारी तथा सदस्यबाट संकलन गरिएको सो रकम काठमाडौँ शाखालाई बुझाइएको छ ।

संघका तर्फबाट अध्यक्ष गौतम गुप्ताबाट ११ हजार, उपाध्यक्ष प्रदिप खरेल, महासचिव जीवनकुमार खड्का, कोषाध्यक्ष विवेक बजगाईं, सहकोषाध्यक्ष युवराज भट्टराई, सदस्यहरु प्रल्हाद ढुंगाना, लक्ष्मी पौडेल र विप्लव लिम्बूबाट जनही ५ हजार १०० तथा सचिव ससिम पोखरेलबाट ४ हजार ३०० रुपैयाँ सहयोग संकलन गरिएको हो ।

सामाजिक गतिविधिमा अग्रणी रहेको झापा शाखाले यसअघि निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न तथा मजदुर परिवारलाई ३ लाख रुपैयाँको खाद्यान्न वितरण गरिसकेको खड्काले बताए ।

संघले झापाका विभिन्न स्थानीय तहका १३४ विपन्न परिवारलाई सो मूल्य बराबरको खाद्यान्न वितरण गरिसकेको छ । निषेधाज्ञा बढ्दै गएर भोकै बस्नुपर्ने अवस्था आएमा थप सहयोग गर्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer