२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रशिक्षक न्यौपानेको परिवारलाई एसपीको सहयोग


बिर्तामोड, असार ८ । नेपाल ढुवानी व्यवासायी महासंघका केन्द्रीय सदस्य, फुटबलप्रेमी तथा समाजसेवी श्याम प्रसाईं (एसपी) ले त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

त्रिभुवन आर्मी फुटबल क्लबसँग नजिक रहेका झापाका प्रसाईंले न्यौपानेको परिवारलाई १९ हजार ९९९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । प्रशिक्षक न्यौपानेका बुवा हरिप्रसाद न्यौपाने र आमा रुपा न्यौपाने दुवैजना हाल क्यान्सर रोगका कारण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

न्यौपानेको बुबा तथा आमा दुवैको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको नियमित किमो थेरापी हुँदै आएको बताइएको छ । नेपाली फुटबल विकासमा न्यौपानेको अमूल्य सहयोग रहँदै आएको छ ।

प्रशिक्षक न्यौपाने आफैँ पनि कोरोना संक्रमित भई उपचार गराइरहेका छन् । उनको परिवारलाई देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । परिवारको उपचारमा धेरै खर्च हुने देखेपछि फुटबल समर्थकमाझ आर्थिक सहयोग अपिलसहित सहयोग संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer