२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए प्रदेश समितिलाई झापा र सुनसरीको सम्मान


बिर्तामोड, असार १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) १ नम्बर प्रदेश समितिलाई सम्मान गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच सुनसरीको इटहरीमा संघ झापा शाखा र सुनसरी शाखाले प्रदेश पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको हो ।

गत चैत २१ गते १ नम्बर प्रदेश समिति निर्वाचित भएको थियो । एनसिडिएको ४८ औँ स्थापना दिवसको अवसर पारेर झापा र सुनसरीले प्रदेश समितिका सम्पूर्ण सदस्यलाई ढाका टोपी पहिर्याए सम्मान गरेको झापा महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

सुनसरी अध्यक्ष रविन्द्र घिमिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा अध्यक्ष गौतम गुप्ताले स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि मोरङ अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सुनसरी महासचिव सुवास पौडेलले गरेका थिए ।

यसअघि विराटनगरमा प्रदेश समितिले स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई ४५० बट्टा सर्जिकल मास्क प्रदान गरेको थियो ।

संघको प्रथम अधिवसनबाट प्रदेश अध्यक्षमा कुमार खतिवडा, वरिष्ठ उपाध्यक्षमा नरेन्द्रप्रसाद बराल, थोक उपाध्यक्षमा सूर्यप्रसाद कोइराला, खुद्रा उपाध्यक्षमा धनबहादुर काफ्ले, महासचिवमा नरेन्द्र बस्नेत, कोषाध्यक्षमा अजितकुमार ठाकुर, सचिवमा झरना न्यौपाने, सहकोषाध्यक्षमा प्रदिपकुमार दास चयन भएका थिए ।

त्यस्तै, सदस्यहरुमा खेमराज बस्नेत, शरद गौतम, दिलिप सुवेदी, कञ्चन शर्मा खतिवडा, सुदिनध्वज श्रेष्ठ, सेवक दाहाल, नेत्रप्रसाद निरौला, खेमलाल काफ्ले, तिलमाया काफ्ले भट्टराई र हरिमोहन श्रेष्ठ चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer