२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड लेडीद्वारा रक्तदान


बिर्तामोड, असार १८ । लायन्स क्लब अफ बिर्तामोड लेडीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार बिर्तामोडको मेगा कम्प्लेक्समा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ । निषेधाज्ञाको विषम परिस्थितिमा रगतको चरम अभाव भइरहेको बेला क्लबल रक्तदान शिविर आयोजना गरेको अध्यक्ष दुर्गा पाठक थपलियाले जानकारी दिइन् ।

लायल वर्ष सुरु भएसँगै क्लबले विभिन्न सामाजिक कार्यहरु सुरु गरेको हो । पहिलो दिन क्लबले बृक्षारोपण कार्यक्रम गरेको थियो ।
क्लबकी अध्यक्ष थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा इम्प्याक्ट एरिया चिफ सत्यनारायण शर्मा, रिजन चेयरपर्सन शैलेन्द्र कुरुङबाङ, क्लबकी प्रथम उपाध्यक्ष नम्रता रिजाल, सदस्यहरु दुर्गा पौडेल, मुना पौडेलको उपस्थिति रहेको थियो ।

मेगा कम्प्लेक्समा व्यवसायीहरु सहभागी रक्तदान कार्यक्रमको सञ्चालन क्लब सचिव इन्दिरा खरेलले गरेकी थिइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer