२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युरो कप सेमिफाइनल: स्पेनविरुद्ध इटली र डेनमार्कविरुद्ध इंग्ल्यान्ड खल्दै


बिर्तामोड, असार २१ । युरो कप २०२० को फाइनल प्रवेशका लागि दुई सेमिफाइनल खेल जुलाइ ७ र ८ तारिख हुँदैछ । स्पेनविरुद्ध इटली जुलाइ ७ बुधबार बिहान पौने १ बजे र डेनमार्कविरुद्ध इंग्ल्यान्ड जुलाइ ८ बिहीबार बिहान पौने १ बजे हुनेछ ।

फाइनलमा स्थान सुरक्षित बनाउन इटलीले स्पेन र इंग्ल्यान्डले डेनमार्क प्रतिस्पर्धी पाएका छन् । क्वार्टर फाइनलको खेलहरुमा स्पेनले स्विजरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदा इटलीले बेल्जियमलाई २–१ गोलअन्तरले हराएको थियो ।
त्यस्तै, डेनमार्कले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराउँदा इंग्ल्यान्डले युक्रेनमाथि ४–० को फराकिलो जित निकाल्यो । इंग्ल्यान्ड २५ वर्षपछि युरा कपको सेमिफाइनलमा पुगेको हो भने डेनमार्क २९ वर्षपछि ।

कुन टिम कसरी पुगे सेमिफाइनल ?

स्पेनः समूह ’इ’ को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो । यद्यपि त्यसपछिका दुई खेलमा भने विपक्षीको पोस्टमा समान ५÷५ गोल गर्‍यो ।

अन्तिम १६ को खेलमा ८ गोलको ’थ्रिलर’ मा क्रोएसियालाई ५–३ गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, क्वार्टर फाइनलमा स्विजरल्यान्डलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

क्वार्टर फाइनलमा स्विजरल्यान्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो । खेलको ८ औँ मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो । पहिलो हाफमा स्पेनले १–० को अग्रता लिएको थियो ।

खेल अवधिभर स्पेनले स्विजरल्यान्डलाई दबाबमा राखे पनि दोस्रो हाफमा पटकपटक फिनिसिङमा चुकेको थियो । दोस्रो हाफमा स्विजरल्यान्डले बराबरी गोल गर्न सफल भयो । ६८ औँ मिनेटमा सेर्डान साकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७७ औँ मिनेटमा मिडफिल्डर रेमो फ्रिलर रातो कार्ड पाएर बाहिरिएपछि भने स्विजरल्यान्ड थप दबाबमा परेको थियो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । तर, त्यसमा पनि दुबै पक्षले गोल थप्न सकेन र खेलको निर्णय पेनाल्टी सुट आउटमा पुग्यो । पेनाल्टीमा ३–१ ले अघि रहँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो ।

टलीः पछिल्ला ३२ खेलयता अपराजित समूह ’ए’ को विजेता इटलीले अन्तिम १६ मा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले क्वार्टर फाइनलको यात्रा तय गरेको थियो । क्वार्टर फाइनलमा विश्व वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले सेमिफाइनलमा स्थान बनाएको थियो ।

क्वार्टर फाइनलमा जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २–१ गोलअन्तरले हराएको थियो । खेलको ३१ औँ मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो ।

त्यस्तै, खेलको ४४ औँ मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए । अर्कोतर्फ बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए । यद्यपि उनको गोल खेलमा फर्कन पर्याप्त भएन । र, इटलीले २–१ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्‍यो ।

डेनमार्कः समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह ’बि’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो । त्यस्तै, क्वार्टर फाइनलमा चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

इंग्ल्यान्डः समूह ’डि’ को विजेता इंग्ल्यान्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो भने क्वार्टर फाइनलमा युक्रेनलाई ४–० को फराकिलो अन्तरले हराएको थियो । योसँगै १९९६ पछि इंग्ल्यान्ड पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer