२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि


बिर्तामोड, असार २७ । एन्जल डि मारियाले गरेको गोल नै निर्णायक भएपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ ।

साविक विजेता ब्राजिललाई उसकै मैदानमा आइतबार पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि उचालेको हो ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको खेलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको हो । मारियाले खेलको २२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरे पनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केही सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

ब्राजिलको पटकपटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यसबीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।

२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
र, सन् १९९३ पछि अर्जेन्टिनाले पहिलोपटक कोपा अमेरिकाको उपाधि जित्दै धेरैपटक कोपा अमेरिका जित्ने टिमको सूचीमा उरुग्वेसँग बराबरी गरेको हो । यो सिजन अर्जेन्टिना च्याम्पियन बनेसँगै उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक समान १५-१५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन् ।

कसले कति पटक जितेको छ कोपा ?

उरुग्वे १५, अर्जेन्टिना १५, ब्राजिल ९, पेरु २, पाराग्वे २, चिली २, बोलिभिया १, कोलम्बिया १ पटक ।

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण
अर्जेन्टिना भर्सेस चिलीः १–१ (बराबरी)
अर्जेन्टिना भर्सेस उरुग्वेः १–० (जित)
अर्जेन्टिना भर्सेस पाराग्वेः १–० (जित)
अर्जेन्टिना भर्सेस बोलिभियाः ४–१ (जित)
क्वार्टर फाइनल
अर्जेन्टिना भर्सेस इक्वेडरः ३–० (जित)
सेमिफाइनल
अर्जेन्टिना भर्सेस कोलम्बिया १–१ (३–२) (जित)
फाइनल
अर्जेन्टिना भर्सेस ब्राजिल १–० (जित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer