२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आजदेखि देशभर कोभिडविरुद्धको खोप अभियान सुरु


बिर्तामोड, असार २९ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान पुनः सुरु गर्ने भएको छ ।

विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ ।

त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउनेछन् । यसैबीच, अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जानसेन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ ।

त्यसैगरी, यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् ।

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै, आइतबार मात्रै अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एन्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो । जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer