२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा-इलाम कोरा राइड-२०२१ सम्पन्न


बिर्तामोड, साउन २ । झापा-इलाम कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ५० किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ ।

नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर १६ जनाको साइकल राइडरहरुले ५० किलोमटिरको यात्रा पूरा गरेका हुन् ।

प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको यात्राका टोली प्रमुख योगेन्द्र थापाले जानकारी दिए ।

५० किलोमिटर तराई तथा भित्री मधेसको बाटोमा यात्रा गर्दा पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको यात्राको संयोजन गरेका थापाले बताए ।
झापाको बिर्तामोडबाट निस्किएको टोली इलामको माई नगरपालिकास्थित सोक्तिम चिया बगानसम्म पुगेर फर्किएको थियो । यात्रामा दि हिमालयन माउन्टेन बाइक बिर्तामोडको विशेष सहयोग रहेको थियो ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

यात्राले पूर्वको प्रसिद्ध धार्मिकस्थल अर्जुनधाराधामलाई परिक्रमा गरेर बाटोमा रहेका अन्य धार्मिकस्थलको समेत अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer