२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड लायन्स र लियोको पद हस्तान्तरण


बिर्तामोड, साउन ३ । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लब अफ बिर्तामोड सिनियरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद सुम्पिएको हो । संयुक्त रुपमा भएको कार्यक्रममा वर्ष २०२०-२१ का अध्यक्ष मोहनकुमार मित्तलले वर्ष २०२१-२२ का अध्यक्ष पुष्कर निरौलालाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै, लियो क्लब २०२०-२१ का अध्यक्ष सुदन बुढाथोकीले २०२१-२२ का अध्यक्ष रुपेश भण्डारीलाई आफ्नो पद हस्तान्तरण गरे । कार्यक्रममा पुष्कर निरौलाले सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

विगत ३० महिनादेखि मस्तिष्कघात भई अस्वस्थ रहँदै आएका बिर्तामोड–५ का ओमनाथ ढकाललाई संस्थाले एक थान ह्विल चियर प्रदान गरेको थियो । रोजगारीका क्रममा दक्षिण कोरियामा रहँदा दुर्घटनामा परेर उनी प्यारालासिसबाट ग्रसित भएका थिए ।

मित्तलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव संगीता रौनियार र सचिव कुशल खतिवडाले गरेका थिए । झण्डाको अभिवादन सहसचिव प्रदिपकुमार खरेलले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ ए१ का इम्पेक्ट एरिया चिफ सत्यनारायण शर्मा, एडिसनल क्याबिनेट सेक्रेटरी नीरजकुमार ओली, डिपुटी क्याबिनेट ट्रेजरर गौरीशंकर गुप्ता (टिन्कु), सिनियर एडभाइजरहरु सुरजकुमार रौनियार, ओमकृष्ण बिमली, गौतम शर्मा शिवाकोटी, रिजन चेयरपर्सन शैलेन्द्र कुरुङबाङ, जोन चेयरपर्सन जीवनकुमार खड्का लगायतको विशेष आथित्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer