२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जना पक्राउ


बिर्तामोड, फागुन १९ । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक–५ का २२ वर्षीय अनिस रसाइली, १९ वर्षीय विवेक खड्का, २९ वर्षीय जोन विश्वकर्मा, कमल–५ का ५३ वर्षीय अशोक मुखिया, ३९ वर्षीय हर्क राई, ६६ वर्षीय डम्बर राई रहेका छन् ।

त्यस्तै, गौरादह–२ का ४५ वर्षीय उद्धवराज ताजपुरिया, इलाम चुलाचुली–४ की ३७ वर्षीया सानी भन्ने छवि लिम्बू, दमक–४ की ४० वर्षीय सावित्रा लिम्बू र दमक–६ का ३७ वर्षीय अख्तर खान पक्राउ परेका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला तथा हिँडडुल गर्नेहरुलाई दमक प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हिजो राति ९ः४५ बजे इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Adv footer