२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी अस्पतालमा विश्वस्तरीय ल्याब सञ्चालनमा


अत्याधुनिक ल्याब ।

बिर्तामोड, साउन ४ । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ ।

सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘अब कुनै पनि रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु पर्दैन’, प्रसाईंले भने, उच्चस्तरीय ल्याब भएपछि मात्र खास रोग के हो पत्ता लाग्छ अनि उपचार सहज हुन्छ ।’

पत्रकार सम्मेलनमा प्याथालोजिस्ट डा. उज्ज्वल राईले विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीमा स्थापना गरिएको ल्याबबाट पत्ता लगाउन सकिने जानकारी दिए ।

अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने डा. राईले बताए । शरीरका भित्री अंगमा सुइको माध्यमबाट क्यान्सरजस्ता जटिल रोग पत्ता लगाउन एफएनएसी परीक्षण हुने गरेको छ ।

ल्याबबारे जानकारी दिँदै डा. राई ।

त्यस्तै, बायोप्सी परीक्षण पनि बिएन्डसी हाताभित्रै हुँदै आएकोमा अझ अत्याधुनिक र उच्चस्तरीय बनाइएको डा. राईले बताए । जीवित शरीरबाट निकालिएको टिस्युको परीक्षण गरी रोग पत्ता लगाउन बायोप्सी परीक्षण गरिन्छ ।

अस्पतालले स्वचालित मेसिनहरु ल्याएर ल्याब स्थापना गरेको प्रसाईंले जानकारी दिए । अत्याधुनिक ल्याबको अभावमा खास रोग पत्ता नलागेर धेरै बिरामीको सही उपचार हुन नसकिरहेका बेला बिएन्डसीले विश्वस्तरीय ल्याब स्थापना गरेर सञ्चालनमा ल्याएको जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer