२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका अनन्त, सन्जोक र निशान थ्री स्टारमै


बिर्तामोड, साउन ५ । झापाका तीन युवा फुटबलर डिफेन्डर अनन्त तामाङ, निशान खड्का र मिडफिल्डर सन्जोक राई ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् ।

तामाङ शिवसताक्षी तथा खड्का र राई बिर्तामोडका स्थायी बासिन्दा हुन् । तीनै खेलाडी अघिल्लो सिजन पनि थ्री स्टारमै रहेका थिए ।
थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजनसँगै राष्ट्रिय लिगका लागि उनीहरुको सम्झौता लम्ब्याएको हो । उनीहरुले दुई वर्षको नवीकरण गरेका छन् ।

अनन्त र सन्जोक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । निशानले भने प्रारम्भिक चरणमा सामेल भए पनि दोस्रो चरणमा स्थान बनाउन सकेनन् । चोटका कारण अनन्तले गत बैशाखमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेलेनन् । उनले राष्ट्रिय टोलीबाट भने निरन्तर पहिलो रोजाइमा खेल्दै आएका छन् ।

गत चैतमा राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले थ्री नेसन्स कपको उपाधि जित्दा टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काठमाडौँ रेजर्स एनएसएल च्याम्पियन बन्दा उनी टोलीका सदस्य थिए । चोटका कारण सन्जोकले एनएसएलका अन्तिम खेलहरु गुमाएका थिए ।
निशान एनएसएलको उपविजेता धनगढी एफसीमा आबद्ध थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer