२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा साइकल लेनका लागि वडा-५ खेलकुद समितिको पहल


ललितपुरमा बनाइएको साइकल लेन । तस्वीर: गोरखापत्र

बिर्तामोड, साउन ६ । बिर्तामोड वडा नम्बर ५ को खेलकुद विकास समितिले वडाभित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने भएको छ । पछिल्लो समय बिर्तामोडमा साइकल क्रेज बढ्दै गएपछि समितिले यस्तो योजना बनाएको हो ।

समिति सचिव विशाल अग्रवालका अनुसार चालु वर्षका लागि समितिले उत्पादनलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । त्यस्तै, विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न नगर तथा वडामा पहल गर्ने निर्णय समेत गरेको छ ।

गत अर्थिक वर्षमा १०० जना महिलालाई दिइएको आत्मरक्षा तालिम यो वर्ष ५०० जनालाई प्रशिक्षण दिइने समितिले योजना बनाएको अग्रवालले बताए । त्यस्तै, १९ वर्षमुनिका महिला तथा पुरुष दुवै टिम निर्माण गरी फुटबल प्रशिक्षण गराइनेछ ।
चालु आर्थिक वर्षमा वडास्तरीय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता गर्ने, वडास्तरीय अन्डर–२३ सुपर सिक्स क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, हाइकिङ तथा २ दिने हाइट क्याप ट्रेनिङ, दोस्रो पावर लिफ्टिङ प्रतियोगिता, स्पोट्र्स हाजिरी जवाफ प्रतियोगिता, वडास्तरीय फुटसल प्रतियोगिता, जुनियर तथा सिनियर स्कुल स्पोर्ट्स क्लब गठन गर्ने योजना बनाएको छ ।

नगर खेलकुदको समन्वयमा नगर खेलकुद सम्मेलनको प्रस्ताव गर्ने, देवी माविमा कराते प्रशिक्षणको हल निर्माण गर्नका लागि पहल गर्ने र किरात कल्याण संघको बास्केटबल कोर्टको मर्मत सम्भारका लागि स्रोत व्यवस्थापन गर्ने योजना रहेको बनाइएको छ ।

त्यस्तै, सुपर ३० कार्यक्रमअन्तर्गत वडाका उत्कृष्ट ३० खेलाडीलाई प्रोत्साहनस्वरुप सुविधा तथा उपहारहरु प्रदान गर्ने, बहुवर्षे योजनाका लागि नगरसँग क्रसफिटका लागि स्थान र बजेट माग्ने प्रस्ताव तयार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer