२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पंकजको स्पष्टीकरण : म दोषी देखिए राजीनामा दिन तयार छु


बिर्तामोड, साउन १० । मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीको राजीनामा दिने घोषणाप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आश्चर्य व्यक्त गरेका छन् ।

नेम्वाङले आफ्नो कारणले यस्तो निर्णयमा पुगेका प्रशिक्षकप्रति आश्चर्य व्यक्त गरेका हुन् । मुख्य प्रशिक्षक अल मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए ।

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि, ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।

‘एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ’, उनले भने, ‘योबाहेक केही भएको छैन ।’

प्रशिक्षकको राजीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानबिन गर्नुपर्ने उनले बताए । ‘म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु’, उनले भने, ‘अरु दोषी देखिए भागिदार हुनुपर्छ ।’

‘ममाथि यो मित्था आरोप लगाउन पाइँदैन । उहाँले आरोप प्रमाणित गर्नुपर्दछ’, नेम्वाङले भने, ‘होइन भने मलाई किन दोष । जब मेरो व्यक्तिगत चिनजान पनि छैन । सत्यतथ्य छानबिन गर्न समिति बनाउन माग गर्छु । म दोषी भए मलाई र उहाँ दोषी भए उहाँलाई कारबाही होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer