२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

खोप उपलब्ध नगराए औषधि आपूर्ति ठप्प पार्ने संघको चेतावनी


बिर्तामोड, साउन १२ । नेपाल औषधि व्यवसायी संघ झापाले अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध नगराएकोप्रति दुःख व्यक्त गरेको छ ।

औषधि व्यवसायीलाई खोप उपलब्ध नगराए लकडाउन अवधिभर विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सञ्चालन गर्ने वा व्यवसाय बन्द गरी औषधि आपूर्ति ठप्प पार्न सक्नेसम्मको अवस्थामा पुगेको संघले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो अवस्था सिर्जना भएमा यसको पूर्ण जवाफदेही जिल्ला प्रशासन कार्यलय र जिल्ला स्वास्थ्य कार्यलय झापा रहने पनि संघले जनाएको छ ।

संघ झापाले मंगलबार एक विज्ञप्ति निकालेर तत्काल खोप उपलब्ध गराउन पनि माग गरेको छ । महासचिव जीवनकुमार खड्काले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘खोप उपलब्ध गराउन सम्वाद गर्दा प्रमुख जिल्ला अधिकारीज्यूले निवेदन उपर तोक आदेश गरी स्वास्थ्य कार्यालय झापालाई पठाएको र सकारात्मक जवाफको आशामा रहे पनि साउन १२ गतेदेखि वितरण भइरहेको खोपको कार्यतालिकामा औषधि व्यवसायीको कतै पनि नामोच्चारणसम्म नभएकोमा संघ स्तब्ध एवम् दुखित भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer